दफा १२
रजिष्ट्रार तथा कर्मचारी

(१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम तोकिएको रजिष्ट्रारको काम कारबाही गर्न नेपाल सरकारले कुनै व्यक्तिलाई नियुक्ति वा मनोनीत गर्न सक्नेछ र
निजको अनुपस्थितिमा निजले गर्नुपर्ने सबै काम कारबाही गर्न अरू कुनै व्यक्तिलाई खटाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम नियुक्त भएको रजिष्ट्रार वा निजको अनुपस्थितिमा खटाइएका व्यक्तिले काउन्सिल र दफा ११ बमोजिम समितिको समेत सचिव भई काम गर्नेछ र सो व्यक्तिले समिति वा काउन्सिलको वैठकमा भएको छलफलमा भागलिने अधिकार हुनेछ तर मत दिन पाउने छैन ।

(३) उपदफा (१) अन्तर्गत नियुक्त गरिएको रजिष्ट्रारलाई बर्खास्त वा सस्पेण्ड वा अरू सजाय गर्नु परेमा यो ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्नेछ ।

(४) काउन्सिलले नेपाल सरकारको स्वीकृति लिई आवश्यक भए जति अधिकृत र कर्मचारीहरू नियुक्त गर्न सक्नेछ ।

(५) उपदफा (४) अन्तर्गत नियुक्त भएका सबै अधिकृत र कर्मचारीहरू रजिष्ट्रारको नियन्त्रण र रेखदेखमा रहनेछन्।